“आमा सानो सानो कुरामा पनि
रुनु हुन्छ । बाबा कहिल्यै रुनु हुन्न । रहेक पल एउटा उर्जाशिल जिन्दगी बाँच्नु
हुन्छ । तर एक दिन मेरो बाबाको आँखाभरी आँशु देखेँ मैँले । आठ बर्ष अगाडी उहाँ
घुम्न जानु भएको थियो । खर्च सकिएछ । २ दिन देखी भोकै पर्नु भएछ । मेरो डेरामा
पुग्ने बित्तिकै भन्नु भयो “अरु कुरा पछी गरौँला । लौ न केही बनाइ हाल । मैँले
हिजो बिहान देखि केही खाएको छैन ।” यसो भन्दा बाबाको आँखामा आँशु थियो । खसेन
भैँमा । तर हजारौँ पटक मेरो आँखाबाट आँशु खसेको छ बाबाको त्यो नझरेको आँशु
सम्झिँदा ! मेरो बाबा प्रति समर्पित यो गजल ! आज मुख हेर्न त पुग्न सकिन फोनबाटै
हेरियो ! यति भन्छु बाबा ! म तपाईँको आदर्शलाई पछ्याइरहने छु सदैब !”
गजल
धेरै सोचेँ त्यो रुपमा
लुक्ने मन कस्तो होला !
मौनतामा बोल्ने आँखा
आफ्नोपन कस्तो होला !
कठिन छ बुझ्न बाबा गाह्रो
चिन्न स्वभाव त्यो
अदृश्य त्यो हृदयमा माया झन्
कस्तो होला !
जति कष्ट भए पनि थाकेँ भन्न
नसक्ने त्यो
मेरै जस्तो हो कि भिन्न,
साँच्चै तन कस्तो होला !
शब्दै पिच्छे उर्जा बोल्छ
लाचारीको खेदो गर्दै
आदर्शले भरिएको भित्री धन
कस्तो होला !
रोए पनि आँखाबाट आँशु झर्न मान्दैन
त्यो !
बाबा बन्न सजिलो या गाह्रो
भन कस्तो होला !
मधुश्री
१ भाद्र २०६९
No comments:
Post a Comment