तिमीलाई दुःखी पारी कतै हराएछु भने
तिम्ले देखाएको बाटो हिड्न डराएछु भने
मेरो जन्म बेकारछ बोझ मात्र धर्ती माथि
शिर ठाडो हुनेछैन स्वार्थले यो धर्ती माथि
कठिनाई भोग्दै माथि चढ्नु जाति झर्नु भन्दा
हाँसी मर्नु राम्रो बरु जाल भित्र पर्नु भन्दा
काखमाथि थुम्थुम्याई तिम्ले दे'को अर्ति आज
हृदयमा सल्वलाई उर्जा थप्छ हिजोआज
धन्य छु म जन्म लिँदा तिम्रो कोखबाट आज
महिमा यो गाउँनेछु सधैँ तिम्रो लोक माझ
तिम्रो आशा भरोसामा आँच आउँन दिने छैन
बाटो छोडी कु-बाटोमा कतै अघि बढ्ने छैन
थाक्ने छैन कतै तिम्रो आशिर्वाद पाउँन्जेल
घट्ने छैन उत्साह यो मेरी आमा रहुन्जेल
सत्य बाटो बिजयको शिखरमा पुग्छु आमा
अन्त कतै झुक्दिन म तिम्रै सामु झुक्छु आमा !!
मधुश्री
६ असार २०६७
No comments:
Post a Comment