Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Sunday, October 24, 2010

महान श्रष्टा सलाम !!

facebookमहान श्रष्टा सलाम !!
(महान प्रतिभा चुम लिम्बु ज्यु को कला प्रति समर्पित भाबना )

खोज्दै होलान् बाटाहरु,कोर्दै होलान् चित्रहरु ।
देख्दै होलान् दुष्ट कतै भेट्दै होलान् मित्रहरु ।।

थरि-थरि फूलहरु फुले होलान् बस्ति भरि ।
अस्ताएर कालरात्री उदाउँने उषा सरि ।।
तारा जस्तै चम्चमाउँदै चम्के होलान् भित्ताहरु ।
खोज्दै होलान् बाटाहरु,कोर्दै होलान् चित्रहरु ।।

कविता –"झरेको फूल"

सन्नाटा छाइ सकेछ बेहोसी मैँ रहेछु म
भरोषा टुटी सकेछ आँसुमा डुबिरे'छु म
विस्वास गुमी सकेछ झरेछ फूल महिमा
बादल कालो रात्रिमा रोएछ बगी भइँमा

टिपेर फूल शिरमा गुराँस नैँ लगाएथेँ
भुलेर दुःख खुसिले रमाउदै गीत गाएथेँ
संसार प्यारो लाग्दथ्यो पवनसँगै उड्दथेँ
घुमेर स्वप्न गगन सुसेली हाल्दै नाच्दथेँ


गीत-"हामी नेपाली"

हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।
पसिना र सिप घोली रंग्याउँनेछौँ देश हाम्रो ।।


सँगै ईँटा पोल्छौँ कतै सँगै गारो लाउँछौँ हामी ।
नभएत भोकै बस्छौँ हुँदा बाँढी खान्छौँ हामी ।।
सानो ठूलो भन्नु छैन समानता सत्य राम्रो ।
हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।


Saturday, October 23, 2010

"आमा"

तिमीलाई दुःखी पारी कतै हराएछु भने
तिम्ले देखाएको बाटो हिड्न डराएछु भने
मेरो जन्म बेकारछ बोझ मात्र धर्ती माथि 
शिर ठाडो हुनेछैन स्वार्थले यो धर्ती माथि 

कठिनाई भोग्दै माथि चढ्नु जाति झर्नु भन्दा 
हाँसी मर्नु राम्रो बरु जाल भित्र पर्नु भन्दा 
काखमाथि थुम्थुम्याई तिम्ले दे'को अर्ति आज 
हृदयमा सल्वलाई उर्जा थप्छ हिजोआज 

नयाँ आयाम - कथा


"आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।" दिब्या झोला बोकेर तयार भैसकेकी थिई । उसले औपचारिकता निभाउँनु थियो । निभाई । उसकी सासू, जेठानीहरु तिनै जनाले ओठ लेब्र्याए । सासूले पनि औपचारिकता निभाई " ठिकै छ । बेलामा आउँनु ।" ऊ बाहिर निस्कि र ओजल परि । उनिहरु हेरिरहेकै थिए । कुन्नी के के सोचे । मुखामुख गरे । उठेर भित्र पसे ।
दिब्या यस घरकी बुहारी भएकी धेरै समय भएको छैन । लगभग एक महिना हुँदा पनि उसले यस परिवारका सदस्यहरुलाई राम्ररी चिन्न सकेकी छैन । दिन-दिनै जस्तो फेरिने रुपले ऊ चकित छे । जेठानीहरु कहिले आफ्नै दिदी बहिनी जस्तै माया गर्छन् । अरुका कुरा काट्नु पर्ने बेलामा असाध्यै खुसी देखिएका हुन्छन् । तर राम्रो कुरा गर्दा अनुहार बिग्रिन्छ । उनिहरुको कुरामा हो-मा-हो मिलाउँदा खुसी र असमति जनाउँदा बेहद रिसाउँने तिनको बानी देखेर छक्क पर्दैछे

कमरेड दिब्या - पत्र ८

कमरेड दिब्या
लाल सलाम
धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । राम्रो गर्दै पनि हुनुहुन्छ । त्यसैले शशी जी कै हातमा यो पत्र पठाउँदैछु । आशा छ पत्र लेख्नु हुने छ । दिब्या जी ! अहिले तपाईले घर छोड्नु भएको खबरले बस्ती नै तताएको छ । धेरैले धेरै थरीका टिप्पणीहरु गरेका छन् । घटनाको बिष्लेषण गर्दा राम्रो र नराम्रो पक्ष उत्तिकै आउँनु स्वभाविक हो । फेरी पनि मैँले त एकोहोरो कुरा सुनिरहेको छु । तपाईँको कुरा सुन्न पाएको छैन । यथार्थता बुझ्न पाएको छैन । केही घटनाहरु बुझेको छु जस्ले तपाईँलाई घर छोड्न बाध्य बनायो । पक्कै पनि घर छोड्नु पछि केही लक्ष्य, केही उद्देश्य, केही योजना लुकेको हुन्छ । मैँले तपाईँलाई धेरै बुझिसकेको त छैन । फेरी पनि सामान्यतया क्रान्तिको पाटोमा हिडिरहेको योद्धाले बिना मतलब कुनै काम गर्दैनन् ।

हो हाम्रो लागि घर-परिवार भन्दा पनि प्यारो वर्ग संघर्ष छ । किनकि हाम्रो रगतको कण-कणमा पुरानो ब्यबस्था प्रतिको घृणा विषादी तत्व जस्तै फैलिएको छ । हामी एउटा स्वच्छ वाताबरण चाहन्छौँ बाँच्नको लागि । जुन विभिन्न अवसरबादी, नियान्त्रण वादी संस्कारले धमिल्याएको छ । हामी भौतिक कुरामा बिस्वास गर्छौ । सत्य वाटोमा हिड्न चाहन्छौँ । नाम