facebookमहान श्रष्टा सलाम !!
(महान प्रतिभा चुम लिम्बु ज्यु को कला प्रति समर्पित भाबना )
खोज्दै होलान् बाटाहरु,कोर्दै होलान् चित्रहरु ।
देख्दै होलान् दुष्ट कतै भेट्दै होलान् मित्रहरु ।।
थरि-थरि फूलहरु फुले होलान् बस्ति भरि ।
अस्ताएर कालरात्री उदाउँने उषा सरि ।।
तारा जस्तै चम्चमाउँदै चम्के होलान् भित्ताहरु ।
खोज्दै होलान् बाटाहरु,कोर्दै होलान् चित्रहरु ।।
रंगिएर क्यानाभास उठे होलान् मुस्कुराउँदै ।
शिर अग्लो हिमाल झैँ कलाकृति जुर्मुराउँदै ।।
बोल्दै होलान् अक्षर ती नाप्दै होलान् बित्ताहरु ।
देख्दै होलान् दुष्ट कतै भेट्दै होलान् मित्रहरु ।।
एक-एक हराउँदै भेला भई सबै सँगै ।
थोपा-थोपा मिलि बग्दै बगाउँदै जमाउँदै ।।
नयाँ रुप,आकारमा जुट्दै होलान् चित्रहरु ।
देख्दै होलान् दुष्ट कतै भेट्दै होलान् मित्रहरु ।।
खोज्दै होलान् बाटाहरु,कोर्दै होलान् चित्रहरु ।
देख्दै होलान् दुष्ट कतै भेट्दै होलान् मित्रहरु ।।
मधुश्री
१७ भाद्र २०६७
No comments:
Post a Comment