कविता "झरी"
झरी बनि बर्ष तिमी सुख्खा धर्ती रुजाउँन । धूलो धूवाँ बगाउँन मन्को खुसी सजाउँन ।।
कतै फूल फक्रिनेछ कतै बाली टुसाउँनेछ । आशा भरि प्रकृतिमा खुसीयाली सुसाउँनेछ ।।
मन्द मन्द मुस्कानमा मन्को लाज लजाउँन । झरी बनि बर्ष तिमी सुख्खा धर्ती रुजाउँन ।।
सारंगीको धून जस्तै रेट्दै मन्का तारहरु ।
मिठो गीत संगीतमा झुम्दै लज्जा झारहरु ।।
कोमल त्यो स्पर्शलाई मनै भरि फुलाउँन । झरी बनि बर्ष तिमी सुख्खा धर्ती रुजाउँन ।।
झरी बनि बर्ष तिमी सुख्खा धर्ती रुजाउँन । धूलो धूवाँ बगाउँन मन्को खुसी सजाउँन ।।
मधुश्री
२७ असार २०६७
No comments:
Post a Comment