"शान्ति"
जागरण मानिसमा जगाउँनलाई
चाहनाको शान्तिभूमि अब पाउँनलाई
फेरी अर्को क्रान्ति गीत हाम्ले गाउँनु पर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
पसिनाको मुल्य छैन शोषकको राज
कर्म गर्ने सर्माउँछ ठगी खाने माझ
भोको पेट मुस्कुराउँने दिन आउनुपर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
तेरो मेरो अति भयो छुवाछुत पनि
झुक्ने गर्छ मानिस नै मानिसको मुनि
स्वाभिमान सम्मानले शिर उठ्नु पर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
कोही बस्ने बंगलामा कोही खुला भइँ
छानो हाल्न नपाएर बस्छन् रोई-रोई
प्रकृतिको उपहार साझे हुनु पर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
समानता खोजी गर्नु अधिकार हाम्रो
क्रान्ति छोड्न सक्छौँ हामी बाटो भेटे राम्रो
मान्छे भन्दा मानवता माथी उठ्नु पर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
चुप लाग्नु पर्ने सधैँ बिदेशीले बोल्दा
ऐया भन्न नपाउँनु छात्तिमा तीर रोप्दा
नेपाली हौँ गौरबले बाँच्न पाउँनु पर्छ
मुर्दा शान्ति हैन अब ज्यूँदो ल्याउँनु पर्छ
मधुश्री
कालिका ३ सिन्धुपाल्चोक
चैत ११, २०६६
"छलफल साप्ताहिक"
No comments:
Post a Comment