गीत
जानु छैन कतै गाउँ बस्ती भरी छाउँछु
म त तिम्रै झुपडीको बाटोगरी आउँछु
भोक लाग्दा सातु दिनु प्यास लाग्दा पानी
झरी पर्दा ओत दिनु झुपडीकी रानी
तिम्रै सुख तिम्रै दुःख तिम्रै गीत गाउँछु
म त तिम्रै झुपडीको बाटोगरी आउँछु
कतै हुँला पाहुना त कतै ज्यामी हुँला
मोती टिपी माटोबाट तिम्रो मन छँला
गुराँसको फूल टिपी शिरमाथी लाउँछु
म त तिम्रै झुपडीको बाटो गरी आउँछु
@@@@@@@@@@@@@@@@@
सँगै यात्रा गर्न सक्छौ वारीपारी भएपनि
तिम्रो मेरो धर्ती एकै आस्था अनि लक्ष्य पनि
मैले नगाएको गीत तिमी सुन्न सक्छौ भने
नबोलेको मेरो पिडा तिमी बुझ्न सक्छौ भने
टाढा हुन्न मन्को दुरी सयौँ डाँडा काटे पनि
तिम्रो मेरो धर्ती एकै आस्था अनि लक्ष्य पनि
भिन्न होला भाषा भेष जिन्दगीको गीत एउटै
उल्टो होला दिन रात चाँदनीको शीत एउटै
हातेमालो गर्न सक्छौ तिमी जहाँ रहे पनि
तिम्रो मेरो धर्ती एकै आस्था अनि लक्ष्य पनि
मधुश्री
३ बैशाख २०६६
"छलफल साप्ताहिक"
No comments:
Post a Comment