सुनौलो त्यो बस्ती तिमीले देखेको
पाउन्न साथी यो मुक्ति बिना त
त्यो लालि बिहानी तिमीले कल्पेको
फोर्नुछ पहाड तोड्नु छ चट्टान
श्रमले रुज्नु भिज्नु छ जीवन
फालेर फोहोर चेतना छर्दै
जगत नयाँ त्यो निर्माण गर्दै
त्यो डाँफे मयुर तिमीले हेरेको
कोकिल कण्ठ त्यो तिमीले सुनेको
पाउन्न साथी यो शान्ति बिना त
त्यो साँझ गोधूलि तिमीले सोचेको
मायाको नयाँ यी बिरुवा सारेर
खाडल खाल्डा ती सम्म पारेर
सत्यको ज्योति यो दियालो बालेर
उठ्नुछ साथी त्यो स्वार्थ फालेर
सुसेली त्यो शान्त छहरा छाँगाको
चम्किने चाँदनी त्यो शित हाँगाको
पाउन्न साथी धपेडी बिना त
पवन सितल त्यो प्रीत डाँडाको
कुरिती फालेर सच्याइ बिगत
चढ्नुछ शिखर गरेर हिम्मत
झुक्नु छ कतै त जुट्नु छ कतै
मुक्तिको लागि त लड्नुछ कतै
समाज त्यो न्यानो तिमीले कोरेको
त्यो सभ्य स्वतन्त्र तिमीले भनेको
पाउन्न साथी यो क्रान्ति बिना त
त्यो साम्यवाद जो तिमीले जपेको
मधुश्री
१५ सावन २०६८
मलाई तपाईको कविता राम्रो लाग्यो
ReplyDelete