Monday, August 1, 2011

"सत्य"


उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य

बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छ
भोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ
खुशीयाली बाँढ सक्दो त्यो खुशीको प्रीत सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य

बोली मिठो बचनले रोग आधा निको पार्छ
बेमौसमी असिनाले नफक्रिँदै फूल झार्छ
झन्झनाई झंकारले साट मिठो गीत सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य

भरोषाले भर दिन्छ हिम्मत र आँट पनि
संघर्ष नै जिवन हो सत्य बाटो पाठ पनि
आशा थप सास थप सोच सँधै हित सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य

जलपले हुन्न अब मल्मलले नछोप्नु है
सत्य पर्दा खोलि दिनु असत्य त्यो नरोप्नु है
पानी हुन्न चाँदनीमा चम्किने त्यो सित सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य



मधुश्री
२९ असार २०६८

No comments:

Post a Comment