Saturday, October 8, 2011

प्रतिबद्धता


अंजुली भरी यो माटो लिई कसम खानुछ
सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ
खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ
विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ


बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा
श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा
गोरेटो आफैँ खन्नुछ नयाँ मिलेर हिड्नुछ
पहाड फोड्दै पुरेर खाल्डो समान पार्नुछ

बनमा फुल्ने फक्रिने जडिबुटीको साथमा
स्वच्छ र सफा वातावरण पौरख हातमा
उद्योग धन्दा खोल्नुछ श्रम देशमै गर्नुछ
हारेर भाग्नु हुँदैन मिली जँघार तर्नुछ

बिहान उठ्छ लालीमा जोस अठोट बोकेर
हिड्नुछ दिन थाक्दैन कतै समय रोकेर
चटकी बनी खेल्दछ हामी साथमा खेल्नुछ
पेल्नुछ भ्रष्ट प्रवृद्धि यहाँ झमेला झेल्नुछ

रोकिन्न गती उर्जाले हामी फेर्नेछौँ मुहार
कठिन पल काट्नेछौँ आफैँ नमागी गुहार
पूर्खाले हार्न जानेनन् आज हामीले जित्नुछ
खटिरा माटो बिगार्ने सबै मिलेर किच्नुछ

मधुश्री
९ भाद्र २०६८  

No comments:

Post a Comment