Saturday, October 8, 2011

गीत- हावा



सिरि-सिरि चल्ने हावा नयाँ उर्जा थप्दै जाऊ
कठिन छ यात्रा अघि हौषलाले भर्दै जाऊ

रोकिएका थन्किएका कामहरु पुरा गर्दै
न्यानो घाम छाँया सँगै सपनाका कुरा गर्दै
कतै उठ्दै कतै बस्दै चौतारीको हावा खाँदै
पसिनाको भेलसँगै तन-मन हल्का पार्दै


संघर्ष हो जिन्दगानी बिलासिता छोप्दै जाऊ
कठिन छ यात्रा अघि हौषलाले भर्दै जाऊ
सिरि-सिरि चल्ने हावा नयाँ उर्जा थप्दै जाऊ

पुर्दै खाल्डो बाटोघाटो श्रम गरी सम्याउँदै
होचोलाई उकासेर अग्लो डाँडो भत्काउँदै
एकै बाटो नेपालीको नयाँ भाग्य रेखा कोर्दै
शान्ति छर्दै खुशीयाली देश कुना-कुना सार्दै

कतै घाउ सफा गर्दै कतै मुटु छेड्दै जाऊ
कठिन छ यात्रा अघि हौषलाले भर्दै जाऊ
सिरि-सिरि चल्ने हावा नयाँ उर्जा थप्दै जाऊ

मधुश्री
२६ भाद्र २०६८

No comments:

Post a Comment