Sunday, November 6, 2011

हाम्रो कर्तब्य














छोड्नुछ साथी यो अल्छी पछि गुनासा निराशा
बड्नुछ अघि सत्यको बाटो राखेर भरोषा
जोसमा हिडौँ होसमा हिडौँ लक्ष्यमा पुग्नुछ
चुम्नुछ साथी शिखर माथि निर्झरा बग्नुछ


फाल्नुछ धुलो धुँवा र धर्ती धोएर फेर्नुछ
मुटुको माया फुलाई यहाँ गर्वले हेर्नुछ
फोड्नुछ अग्लो ढिस्को यो खाल्डो मिलेर पुर्नुछ
काट्नुछ साथी यो काँडा घारी गुराँश रोप्नुछ
                         
लखेटी दुष्ट सिमाना पारी तारले घेर्नुछ
सुरक्षा दिई नर्सरी आफ्नो मायाले बेर्नुछ
छर्नुछ बिऊ लगौँदै पानी स्याहार गर्नुछ
सार्नुछ साथी समान बृक्ष एकता पार्नुछ

औषधी आफ्नै बनमा खोजी किरा ती झार्नुछ
झरेका किरा बिषालु हुन्छ किचेर मार्नुछ
चिर्नुछ अग्लो बाँस ती टुक्रा बनाईँ गाड्नुछ
बढ्नुछ त्यहाँ करेला घारी सामन्त फाड्नुछ

छाउँदै छानो मझेरी सुख्खा बनाई बस्नुछ
फुटेको मुल जोगाई पानी जगेडा राख्नुछ
करेसाबारी फुलाई फूल खुलेर हाँस्नुछ
गाँस्नुछ साथी पिरती नयाँ पुरानो मास्नुछ

तिमीले हाँस्दा म पनि हाँस्छु ऊ उसै हाँस्नेछ
सिँगारी धर्ती फुलाई माया गर्वले साँच्नेछ
भुल्नुछ तितो हिजोको आफू मिठास मान्नुछ
भन्नुछ साथी समान जाती त्यो ढिस्को खन्नुछ

श्रम त हाम्रो पाखुरी मिली कर्ममा लाग्नुछ
अठोट एकै हिम्मत एकै थकाई थाक्नुछ
देख्नुछ प्यारो नेपाल छुट्टै विश्वोमा भेट्नुछ
लेख्नुछ साथी नेपाली बीर यो अल्छि मेट्नुछ !!!

मधुश्री
२० कात्तिक २०६८

1 comment: