जति रुन्न भने पनि एकान्तमा रुन्छ मन
पीडा दिँदा अरुलाई छिया-छिया हुन्छ मन
झूटो बोली छल गरी जीत आफ्नो बनाए'नी
पल-पल सन्नाटामा प्रतिध्वनी सुन्छ मन
फूललाई काँडा अनि काँडा फूल माने पनि
हुन्न सत्य आखिरमा फूलैफुल चुन्छ मन
कति दिनु दुःख सँधै दुःखाउँदै आफूलाई
हैरानी मै गल्छ ज्यान आँशुले नै धुन्छ मन
भाग्न खोज्छ आफैँबाट भगाउँदै यादहरु
नयाँ उषा किरणको स्वप्ना नयाँ बुन्छ मन
मधुश्री
१४ चैत २०६८
No comments:
Post a Comment