Tuesday, March 27, 2012

गजल


लानु छैन केही सबै छोडी जाने
एकसरो सेतो ओड्ने ओडी जाने


हिरामोती सुन जति जोडे पनि
काम छैन टिला सँगै मोडी जाने

मेरो, आफ्नो, आफू मात्र सोचे पनि
नाता-गोता माया प्रित छोडी जाने

 राकिलो पारी हृदयको ढोका
बृत स्वार्थी आफ्नो आफैँ फोडी जाने

बाँचौँ बचाउँदै दुःख हटाउँदै
सिर्जनाको नौलो वेर्ना गोडी जाने

जानै त छ साथी फेरी के को चिन्ता
मित्रताको नयाँ साथ जोडी जाने

मधुश्री

No comments:

Post a Comment