Sunday, October 24, 2010

गीति कविता


गीति कविता


यो लामो यात्रा अप्ठ्यारो बाटो लडेछु भने म ।
शिखर चढ्दा खोँचमा कतै ढलेछु भने म ।।
नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है ।
दुस्मन सामु नझुक सधैँ डटेर लड है ।।


जिवन हाम्रो देशको निम्ति युगको माग हो ।
जन्म र मृत्यु बीचको डोरी विजय माला हो ।।


जित्नु छ आज भोलिको पुस्ता रमेको हेर्नलाई ।
दुस्मन सामु नझुक सधैँ डटेर लड है ।।


बम र गोला, बन्दुक भाला काँडामै टेकेर ।
हास्नेछौँ हामी हिमाल सरी विजय लेखेर ।।
भौतिक रुप ढलेनी हाम्रो बाँच्ने छौ आस्थामै ।
नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है ।


मधुश्री
३१ जेठ २०६७

1 comment:

  1. Greetings from Brazil, congratulations on the blog!

    http://raphaelsouzza.blogspot.com/

    ReplyDelete