Monday, October 25, 2010

फुल्दै होलान् डाली भरि सिर्जनाका फूलहरु

गीत

फुल्दै होलान् डाली भरि सिर्जनाका फूलहरु
लुकामारी खेल्दै कतै गर्दै मिठा भूलहरु

बर्षासँगै नुहाएर मुस्कुराउँने हेमन्तमा
चिसो बोकी पोल्टाभरि चियाउँने सिरेटोमा
पुतली र भमरा भै चुम्दै होलान् फूलहरु
लुकामारी खेल्दै कतै गर्दै मिठा भूलहरु


घुम्टो खोली बादलुको लज्जाउँदै होला सूर्य
मलिन भै बामे सर्दै कोल्टे फेर्दै होला सूर्य
रसाएर डाँडाकाँडा फुट्दै होलान मूलहरु
लुकामारी खेल्दै कतै गर्दै मिठा भूलहरु

फुल्दै होलान् डाली भरि सिर्जनाका फूलहरु
लुकामारी खेल्दै कतै गर्दै मिठा भूलहरु

मधुश्री
०१ असोज २०६७

2 comments:

  1. अहो, कति मिठो भाकामा ।
    प्रकृतीलाइ नजिकैबाट नियाल्न सक्षम कविता/गीत गाइरहुँ लाग्ने रहेछ ।

    ReplyDelete
  2. Madhu Shree Jee, tapaiko yo फुल्दै होलान् डाली भरि सिर्जनाका फूलहरु sarai mann pareko chha. ma yo geet gaauna chhanchhu. kripaya tapaiko anumata bhaye baanki kura email marfata garnu bhaye ma aabharai huney thiyen

    Mero Email: ajayabm@hotmail.com

    ReplyDelete