Thursday, May 12, 2011

जारी युद्ध

जारी युद्ध
धेरै भए थकाईमा बिताएका दिनहरु
मुक्तियुद्ध थाती राखी टोलाएका दिनहरु
लालक्रान्ति जनयुद्ध सेलाएका दिनहरु
दुश्मनको चौघेरा यी केलाएका दिनहरु

जागौँ साथी फेरी उठौँ गाउँ बस्ती उठाउँदै
मुक्तियात्रा जारी राखौँ सामन्त यो फुटाउँदै
संसारका सर्वहारा आफ्नो शक्ति बनाउँदै
बाँसुरी र मादलुमा लालगीत गुन्जाउँदै

हाम्रा प्यारा शहिदका सपना ती पुरा गर्न
अँध्यारो यो बस्ती भरि लाल उषा लाली छर्न
रगतमा होली खेल्ने दुश्मनका किल्ला तर्न
मिर्मिरे भो बाटो लागौँ लालक्रान्ति पुरा गर्न

जनताको साहस र माया बोकी हिडौँ अघि
जीत हाम्रै हुन्छ साथी बिरताको नदी तरी
थाक्ने छैनौँ अब कतै सम्झौताको कुरा गरी
रोक्ने छौनौँ यहाँ हामी पिजडामा आफैँ परी

अत्याचारी दुश्मनका जालहरु च्यात्दै जाउँ
नहिडेझै हिडिरहौँ कालोयुग मिच्दै जाउँ
काडा भाला सिसामाथी टेक्नु परे टेक्दै जाउँ
यौद्धा हामी बिरताको गाथा आफैँ लेख्दै जाउँ

लड्ने जती युद्ध आजै लडौँ साथी मैदानमा
नयाँ युग सुम्पनुछ नयाँ पिढी सन्तानमा
बर्ग सबै मेटाउँदै साम्यवादी शिखरमा
लालझण्डा गाड्नुछ है बिजयको शिखरमा

मधुश्री
कालिका ३, सिन्धुपाल्चोक
१ बैशाख २०६८

"लालरक्षक साप्ताहिक"

No comments:

Post a Comment