Tuesday, February 7, 2012

गजल

मेरा लागि मर्छु भन्थ्यौ, मेरै पूजा गर्छु भन्थ्यौ

बास यतै सर्छु भन्थ्यौ ,सबै दुःख हर्छु भन्थ्यौ




आँशु धेरै बगे आमा, मन पोल्छ ,मुटु जल्छ

रक्तकुण्ड तर्छु भन्थ्यौ, लालीउषा छर्छु भन्थ्यौ



दृष्ट्रि छैन आज मेरो, आफ्नै बस्ती भुल्यौ, सुन्छु

पाखो बारी चर्छु भन्थ्यौ, मेरै भर पर्छु भन्थ्यौ



मेरी आमा ! माटो भयौ, कुल्चि हिड्ने बाटो भयौ

फूल रोपी भर्छु भन्थ्यौ, नत्र आफैँ झर्छु भन्थ्यौ




मधुश्री

२३ माघ २०६८

No comments:

Post a Comment