Tuesday, February 7, 2012

गजल


गजल

बाचा साँचो गर्दै थिएँ, अघि पछि सर्दै थिएँ

आशा थोरै छर्दै थिएँ, भिरपाखा चर्दै थिएँ




हूरी आयो, दह्रो पाऊ नटेकी नै उडि गएँ

कता पुगेँ झर्दै थिएँ, भव-कुण्ड तर्दै थिएँ



धर्ती छुँदा, मेरो माटो, बाटो थे'न अर्कै पाएँ

लाग्यो कष्ट हर्दै थिएँ, खण्डहर भर्दै थिएँ



सबै माझ वाह-वाह, हाई-हाई भएँ आमा

सम्झेँ बाँचे, मर्दै थिएँ, संकटमा पर्दै थिएँ

मधुश्री
२३ माघ २०६८



1 comment:

  1. Gajalrupee phoolharu phuldai6n ramro lagyo di, सबै माझ वाह-वाह, हाई-हाई भएँ आमा

    सम्झेँ बाँचे, मर्दै थिएँ, संकटमा पर्दै थिएँ yo malai manpareko sher ho. -Pagal Yatree

    ReplyDelete