Tuesday, February 7, 2012

गजल


तिमी हामी सँगै हिड्या, बाटो आज फेरिएछ

कतै बल्झ्यो घाउ कतै खाटो आज फेरिएछ




साँच्चै भन्यौ हाम्रो मान्छे, जनमुखी बन्यौ हिजो

सूर्यमुखी फूल सरी, पाटो आज फेरिएछ



नदेखे झैँ धेरै देख्यौ, नबोलेरै साथ पायौ

मुस्कानले मुटु रेट्ने, लाटो आज फेरिएछ



नदी सरी रगतले, तिम्रो खेत भिजाउँदा

घात फल्यो बिस्वासमा, माटो आज फेरिएछ



हामी सोझा, हिजो आज भोली उस्तै, सम्झिएर

मायालाई टुक्र्याउँदै, साटो आज फेरिएछ



मधुश्री

१ माघ २०६८

No comments:

Post a Comment