Tuesday, March 27, 2012

गीत

नेपाली हुँन साहसी मुटु मन नै चाहिन्छ
पसिना पोख्न माटोमा आफ्नोपन नै चाहिन्छ



एकान्त बन्दै सुन्यता भित्र डुब्दैछ यो देश
उर्जाको खानी युवाको शक्ति डुल्दैछ बिदेश
अनेक प्यास जीवन एकै प्यूनुछ मेट्नुछ
सबैको प्रिय नेपाली हुन मन नै चाहिन्छ

गुराँस टिपी सजौँने शिर पाउँन गारो भो
सिर्जना फुल्ने माटोमा बिऊ लाउँन गारो भो
हिमाल रुँदा आँशुको नदी-झरना झर्दछ
जरुवा पानी फुटौँन मुल बन नै चाहिन्छ


 मधुश्री 
११ चैत २०६८

No comments:

Post a Comment