Tuesday, March 27, 2012

गजल

पछि-पछि कुरा काट्ने बानी साह्रै खराब हो
दिएजस्तो गरि चाट्ने दानी साह्रै खराब हो


दिन-दुःखी भोका-नाङ्गा आशा बोकी पर्खि बस्दा
गुदी बिना बोक्रो बाँड्ने खानी साह्रै खराब हो

देखाउँन दुनियाँमा हल्का-फुल्का चर्चा खोज्दै
मैलो छोपी श्रृगारिने रानी साह्रै खराब हो

भाग्य-माथि दोष थप्दै अन्यायमा चुप बस्ने
खुशीसँग पीडा साट्ने  सानी साह्रै खराब हो

धर्ती छोडी आकाशमा उड्न खोज्दा लडिन्छ पो
हतारमा यात्रा आँट्ने नानी साह्रै खराब हो

मधुश्री
२९ फागुन २०६८

No comments:

Post a Comment