Tuesday, March 27, 2012

गजल


कति रुन्छौ तिमी हारी आफ्नै अघि
मन धुजा-धुजा पारी आफ्नै अघि


नदेखेर हो कि नचिनेरै आज
खुशी खोज्छौ खुशी झारी आफ्नै अघि

चिम्लिएर आँखा अँध्यारो छ भन्दै
जता जान्छौ उतै घारी आफ्नै अघि

मन भित्र खोज दुख्ने मुटु आफ्नो
टुहुरो झैँ माया मारी आफ्नै अघि

सुम्सुम्याई हेर थुम्थुम्याई मुटु
फिर्छ हाँसो दुःख टारी आफ्नै अघि

मधुश्री
४ फागुन २०६८

No comments:

Post a Comment